पोखरा जगदम्बा ट्राभल्सको सेवा विस्तार, पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने
पाेखरा | असोज १८, २०८१
पोखरा: पोखराको जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको ४ वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा–काठमाडौंका लागि २ वटा र पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने रुटमा २ वटा गरेर कुल ४ वटा बस थपेको हो ।
सेवाग्राहीलाई उच्चस्तरको सेवा दिने उद्देश्यले थपिएको सोफा र एसीसहितको बसको प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले आज विहान उद्घाटन गरे ।
सुविधा सम्पन्न बसमा कफी, खाजा र पानीसहितका सुविधा दिईने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार दिए । बसमा पोखरा–काठमाडौंको यात्राका लागि १ हजार ६ सय भाडादर कायम गरिएको उनले बताए । पोखरादेखि पूर्व जाने गाडीमा भने खाजा, पानीलगायतका सुविधा नदिईने उनले स्पष्ट पारे ।
नया बस शुभारम्भको अवसरमा डेमो यात्रा गराइएको थियो । डेमो यात्रामासमेत सहभागी सांसद दामोदर बैरागीले सुविधा सम्पन्न अत्याधुनिक बसले पर्यटकीय राजधानीको औचित्य पुष्टि गर्न सघाउने बताए । ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यसले थप आकर्षण प्रदान गर्छ’–उनले भने ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुविधा सम्पन्न बसले सेवा दिने क्रम निरन्तर बढिरहेको बताए ।
जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं र पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको छ । जगदम्बाले गत बर्षमात्र चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो भने । पाचौं संस्करणमा थप ४ वटा सोफा र एसीसहितको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।
जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ । सञ्चालक अधिकारीले यात्रुको रोजाई अनुसार १ हजारदेखि १ हजार ६ र २ हजार ५ सय रुपैयाँसम्मको भाडादरमा पोखरा–काठमाडौं बस सञ्चालन गरिएको बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

